नियुक्त नहुँदै बालेन्द्र साहले बनाए ‘प्रधानमन्त्री’को इमेल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो आधिकारिक फेसबुक पेजमा ‘प्रधानमन्त्री’को इमेल समावेश गरेका छन् । आधिकारिक रूपमा प्रधानमन्त्री नियुक्त नहुँदै उनले बालेन फर पीएम नेपाल (balenforpmnepal@gmail.com) नामको इमेल सामाजिक सञ्जालमा समावेश गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सुविधाजनक बहुमत ल्याइसँगै बालेन नेपालको प्रधानमन्त्री बन्ने तयारीमा छन् । रास्वपाको विधानअनुसार बालेन्द्र प्रधानमन्त्री बन्न नमिल्ने भएपछि पार्टीले विधान संशोधन नै गरेर शाहलाई संसदीय दलको नेता बनाउने तयारी गरिरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *