बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्य बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बिहीबार १३७५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *