९० इन्टरनेट कम्पनीले तिरेनन् रोयल्टी र दस्तुर शुल्क

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी र ग्रामीण दूरसञ्चार दस्तुर नतिर्ने ९० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको नाम सार्वजनिक गरेको छ ।

प्राधिकरणले आर्थिक वर्ष २०७९/८० को अडीटेड वित्तीय विवरणअनुसार बुझाउन पर्ने कूल आम्दानीको ४ प्रतिशतले हुने रोयल्टी र २ प्रतिशतले हुने ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम बुझाउन निर्देशन दिएको हो ।

रोयल्टी र दस्तुर नतिर्ने सूचीमा भायानेट, वेबसर्फर, ब्रोडलिंक, सीजी कम्युनिकेसन, क्लासिक टेक, डिस मिडिया नेटवर्क, मर्कन्टाइल कम्युनिकेसन, टेकमाइन्ड्स, वाइफाइ नेपाल, स्काइलिंक जस्ता कम्पनीहरू छन् ।

यस्तो छ प्राधिकरणले सार्वजनिक गरेको सूची 

No description available.

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *