सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर ल्याएको छ । बैंकले पाँच संस्थापक सदस्यहरूको नाममा रहेको ७४ हजार ६ सय ९५ कित्ता संस्थापक सेयर आइतबारदेखि बिक्रीमा ल्याएको हो ।
बैंकले बिक्रीमा ल्याएको सो सेयर यसअघि विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद गर्न सकिने गरी ३५ दिने सूचना जारी गरेको थियो । तर, यसो गर्दा उक्त सेयरमा कुनै आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री गर्न लागेको बैंकले जनाएको छ ।
बैंकको उक्त सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले आगामी १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ