बैंकहरुले ब्याजदर बढाउँदा सहकारी खतरामा

पछिल्लो समय बैंकहरूले लगानीयोग्य रकम (तरलता) अभाव भएको भन्दै उच्च विन्दुमा ब्याजदर निर्धारण गरेपछि यसको सिधा मार सहकारीमा परेको छ । सहकारी क्षेत्रकै हाराहारीमा बैंकहरुले निक्षेप तथा कर्जामा ब्याजदर तोक्न थालेपछि यसको सिधा असर सहकारीमा देखिन थालेको छ ।

ब्याजदर कै कारण सहकारी क्षेत्रमा संकट पैदा भएको एक सहकारी अभियन्ताले बताए । उनका अनुसार यतिखेर निक्षेप तथा कर्जामा सहकारी र बैंकहरुको ब्याजदर हाराहारीमा रहेको छ ।
अहिले सहकारी क्षेत्रले आदानप्रदान गरिरहेको अधिकतम ब्याजदर निक्षेपमा १२ प्रतिशत र कर्जामा १६ प्रतिशतसम्म रहेको जानकारहरु बताउँछन् ।

बैंकहरूले नै निक्षेप तथा कर्जामा दिने ब्याजदरको सिमा नाघेपछि सहकारी संस्थाहरुमा दिर्घकालिन संकट देखापर्ने देखिएको छ । व्यवहारमा अधिकतम भएपनि सहकारी क्षेत्रमा कानुनतः संशोधित ब्याजदर अधिकतम १० प्रतिशत निक्षेपमा लिएर १४.५ प्रतिशतमा कर्जा लगानी गर्नु हो । तर, बैंकहरूले नै निक्षेपमा अधिकतम विन्दुमा ब्याजदर अफर गर्न थालेका कारण सहकारी क्षेत्रलाई ठूलो असर गरिरहेको छ ।

बचत तथा ऋण सहकारीको छाता संगठन केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)ले पनि अहिले बैंकहरुले सार्वजनिक गरेको ब्याजदरले सहकारीहरुलाई समस्यामा पारेको जनाएको छ । बैंकिङ क्षेत्रमा अहिले जुन ब्याजदर वृद्धिको होड चलेको छ यसले सहकारी क्षेत्र प्रभावित भएको नेफ्स्कुनको भनाइ छ ।

निक्षेप संकलन र कर्जा लगानीबारे दुखेसो पोख्दै नेफ्स्कुनका सिनियर अफिसर भरत न्यौपानेले भने– ‘तरलता अभावको नाममा अझै बैंकहरूले ब्याजदर नबढाउलान् भन्ने ग्यारेन्टी छैन । राष्ट्र बैंकले एकैचोटी ब्याजदर वृद्धि नगर्नु भनेको हो तर अवस्था हेरेर महिना महिनाम बढाउन पाइने छुट दिएकै छ ।’

पछिल्लोपटक नियामक राष्ट्र बैंकले ब्याजदर नियन्त्रणमा १० प्रतिशतको घटबढको सीमा तोकिदिएपनि ब्याजदर वृद्धिको श्रृङ्खला रोकिनेवाला छैन । किन कि राष्ट्र बैंकले नै एकैपटक नबढाउन, तर महिना महिनामा बढाउने आशय बुझिनेगरी नीतिगत व्यवस्था गरिदिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *