काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरु मिटरब्याजी जस्तै भएको बताएका छन् । शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘बैंक मिटर व्याजी होइन र ? तीन महिनामा सावामा व्याज गाभ्ने अनि त्यही त हो नि मिटरव्याजी भनेको ।’ओलीले धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्र बैंकको काम नभएको बताएका छन् । बैंकहरुले धितोका कारण आफूले दिएको ऋण सदुपयोग भएको छ कि छैन नहेर्ने गरेको उनले बताए ।
सर्वसाधारण मात्र होइन, राष्ट्र बैंकबाट पनि सस्तो ब्याजमा रकम उठाउने गरेको भन्दै उनले धेरै ब्याज लिन नहुने बताए । उनले दुई पक्षीय सहमति विना ब्याजदर घटबढ गर्न नपाइने व्यवस्था गर्नुपर्ने समेत बताए । बैंकिङ क्षेत्रविरुद्ध भइरहेको आन्दोलन गलत भएको बताए ।







