झिनो अंकले बढ्याे सेयर बजार: कारोबार रकम भने ११ अर्ब ७२ करोड नाघ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा झिनो अंकले बढेको छ। नेप्से परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ को विन्दुमा बन्द भएको हो।

आज ३२६ कम्पनीको सेयर किनबेच हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजारको सेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । आज १४५ कम्पनीको सेयरमूल्य बढेको छ भने ९२ कम्पनीको मूल्य घटेको छ ।  याे दिन ६ वटा कम्पनिकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको ४१ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको ३५ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अपर हेवाखोला हाइड्रोका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । माण्डु हाइड्रोका लगानीकर्ताले ९.७१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्

ङादी ग्रुप पावर ४५ करोड १७ लाख रुपैयाँ, समृद्धि फाइनान्स ४१ करोड ८२ लाख रुपैयाँ, जानकी फाइनान्स ३५ करोड ४० लाख रुपैयाँ, सिंगटी हाइड्रो ३४ करोड रुपैयाँ
नेपा फाइनान्स २३ करोड १५ लाख रुपैयाँ,मकर जितुमाया सुरी हाइड्रोपावर २१ करोड ९१ लाख रुपैयाँ,हिमालय ऊर्जा २१ करोड १० लाख रुपैयाँ,पिपुल्स पावर १९ करोड ७१ लाख रुपैयाँ
बेस्ट फाइनान्स १७ करोड ६० लाख रुपैयाँ,पोखरा फाइनान्स १६ करोड ८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *