काठमाडौंको चन्द्रागिरिमा हिमपात

काठमाण्डौ । काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ। चन्द्रागिरिमा बिहीबार बेलुका हल्का हिमपात भएको चन्द्रागिरिमा रहेको भालेश्वर महादेव मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिए।

यस्तै, मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सिमभञ्ज्याङ क्षेत्रमा पनि हिजो बेलुका हिमपात भएको छ।

दामन सिमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि स्थानीय किसान, होटल व्यवसायीलगायत खुसी भएका छन्।

दामन सिमभञ्ज्याङ क्षेत्रबाट हिमश्रृङ्खलासमेत अवलोकन गर्न सकिन्छ। पश्चिमी वायुको प्रभावले हिजो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका धेरै ठाउँमा मध्यम तथा हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *