कति छ आज कालीमाटीमा फलफूल तथा तरकारीको मूल्य ?

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो ३००, अम्बा १०० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६०, लोकल सानो गोलभेडा ३०, अदुवा १८०, रातो आलु र रातो भारतिय आलु २८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ४०, लौका ७०, कागती १८०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ५०, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ९०, राजमा घिउ सिमी ११०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ८० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४० र रायोको साग ५० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ११० र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६०, हरियो प्याज १२० र पुदीना ३५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ८०, चाइनिज सुकेको लसुन ३००, हरियो लसुन १४० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ८०, भिण्डी १२० र हरियो धनिया १३० रुपैयाँ पाइने समितले जनाएको छ।
उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३५० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *