कामना सेवा विकास बैकमा साईवर सुरक्षा सम्वन्धी प्रशिक्षण

काठमाडौं । कामना सेवा विकास बैंक लि.ले बैंकका संचालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागिय प्रमुखहरुलाई साईवर सुरक्षा सम्वन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रहरी, साईवर व्युरो प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नबिन्द्र अर्यालले बैंकका संचालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागिय प्रमुखहरुलाई वर्तमान् अवस्थामा साईबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापन सम्वन्धमा प्रशिक्षण दिएका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा एसएसपी अर्यालले पछिल्लो समयमा देखिएका विभिन्न किसिमका विद्युतिय ठगी, साईबर अपराध तथा अन्य साईबर सम्वन्धी जोखिमलाई न्यनुनिकरण गर्न बैंकको संचालक समिति, उच्च व्यवस्थापन तथा अन्य कर्मचारीहरुले साईबर जोखिमको वारेमा पर्याप्त जानकारी राख्नुपर्ने वताए  ।

उक्त प्रशिक्षणले बैंकका संचालक समिति तथा उच्च व्यवस्थापनहरुको साईबर जोखिम सम्वन्धी ज्ञान अभिवृद्धी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *