


काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश एएफपीसँग ८८ रनले पराजित भएको छ । एपीएफले प्रस्तुत गरेको २ सय ८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी ३३.४ ओभरमा मात्र १ सय १९ रनमा समेटियो ।
गण्डकीलाई सस्तोमा समेट्न अमर रोटेलाले ४ विकेट लिए भने मौसम ढकालले ३ तथा भुवन कार्कीले २ विकेट लिए ।
गण्डकीका लागि ओपनर समीर कँडेलले सर्वाधिक ३३ रनको योगदान दिए भने अर्का ओपनर ईश्वर क्षेत्रीले २८ रन बनाए । त्यस्तै, कप्तान विपिन कार्कीले १८ तथा करन पंगेनीले १६ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४७.२ ओभरमा सबै विकेट गुमाएर २ सय ७ रन बनाएको थियो ।
Artha Sanjal

अर्थ सन्जाल