काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा वाणिज्य बैंकहरुले २८ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि मसिंरसम्म वाणिज्य बैंकहरुले कुल २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
त्यसैगरी, २ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ खुद नाफसहित ग्लोबल आइएमई बैंक दोस्रो नम्बरमा रहेको छ । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ६० करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
चौथो नम्बरमा रहेको प्राईम कमर्सियल बैंकले एक अर्ब ९२ करोड ८९ लाख र पाँचौ नम्बरमा रहेको एनआईसी एशिया बैंकले एक अर्ब ८५ करोड १ लाख रुपैयाँ नाफा कमाएका छन् ।
त्यस्तै, हिमालयन बैंकले एक अर्ब ८० करोड ४९ लाख, प्रभु बैंकले एक अर्ब ४९ करोड ४५ लाख, एनएमबी बैंकले एक अर्ब ४५ करोड १३ लाख, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ४१ करोड १ लाख, एभरेष्ट बैंकले एक अर्ब ४० करोड ३२ लाख, कुमारी बैंकले एक अर्ब ३० करोड लाख १५ , स्ट्याण्डर्ड चार्टर्ड बैंकले एक अर्ब २५ करोड ६० लाख, नेपाल बैंकले एक अर्ब २१ करोड ३१ लाख र सानिमा बैंकले एक अर्ब ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
अन्य बैंकहरूको नाफा एक अर्बभन्दा तल रहेको छ । लक्ष्मी बैंकले पाँच महिनाको अवधिमा ८९ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
त्यसैगरी, माछापुच्छ्रे बैंकले ७६ करोड २७ लाख, सिटिजन्स बैंकले ७४ करोड ३५ लाख, नेपाल एसआईबी बैंकले ७० करोड ८० लाख, सिद्धार्थ बैंकले ६२ करोड ३८ लाख र कृषि विकास बैंकले १२ करोड ५० लाख रुपैयाँ नाफा कमाएका छन् ।







