प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले छैटौँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको १७ प्रतिशत हकप्रद शेयर ल्याउने विशेष प्रस्ताव पारित भएको छ।

काठमाडौंको बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन नियमनकारी निकायको स्वीकृति लिई हाल कायम चुक्तापुँजीको १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो।

पुँजी वृद्धिपश्चात सोहीअनुसारको चुक्तापुँजी कायम गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ। सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ।

सभाले साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफ आपसमा गाभिने कार्यमा भएका खर्चहरु र जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट पीडित बनेकाहरुको सहयोगार्थ प्रधानमन्त्री राहात तथा दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिएको १० लाख रुपैयाँ स्वीकृत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *