सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

कम्पनीको गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरि कुल ५.२६२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *