काठमाडौं । तीन निर्जीवन बीमा कम्पनी नेपाल बीमा प्राधिकरणको कारबाहीमा परेको छ । राष्ट्रिय बीमा कम्पनी, आईजीइई प्रुडेन्सियल इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सलाई प्राधिकरणले नगद जरिवानामा तिराएको हो ।
तीन कम्पनीलाई प्रतिकम्पनी नगद २।२ लाख रुपैयाँ जरिवाना गरिएको बीमा प्राधिकरणले जनाएको छ।
प्राधिकरणले गरेको स्थलगत निरिक्षणका क्रममा यथेष्ठ मात्रामा कैफियत फेला परेपछि स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण चित्त बुझ्दो प्राप्त नभएपछि प्राधिकरणले नगद जरिवाना गरेको हो । प्राधिकरणले यस अघि नै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई पनि दुई लाख रुपैयाँ जरिवाना गराईसकेको थियो ।
प्राधिकरणले गरेको स्थलगत निरिक्षणका क्रममा अधिकांश बीमा कम्पनीहरुले उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पति शुद्धीकरणमा ध्यान नदिएको, दावी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायतका कैफियत भेटिएका थिए ।







