बालकुमारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति

काठमाडौं । बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । दुई जनाको मृत्यु हुने गरी भएको घटनाबारे छानबिन गर्न मन्त्रालयले समिति गठन गरेको हो ।

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते युवा वीरेन्द्र शाह र सुजन रावतको मृत्यु भएको थियो ।

प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए ।प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *