माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभमा दुई वटा विधाबाट सम्मानित

काठमाडौं । माछापुच्छ्रे बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस- २०२३ बाट सम्मानित भएको छ ।

भिसा इन्टरनेसनलद्वारा हालै काठमाण्डौमा आयोजित एक लिडरसिप कन्क्लेभ कार्यक्रममा कम्पनीलाई उक्त दुई अर्वाडहरु प्रदान गरिएको हो । कम्पनीलाई भिसा सदस्यमध्ये एशोसिएट सदस्यतर्फ क्रेडिट कार्ड र पीओएस मेसिन प्रवद्र्धनमा उत्कृष्ट भएकाले उक्त अर्वाड प्रदान गरिएको थियो ।

कम्पनीले नगदरहित बैंकिङलाई बढावा दिदैँ पहिलो स्मार्ट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको बताएको छ ।

कम्पनीले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत् १५ लाखभन्दा बढी ग्राहकवहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *