नाडाको अध्यक्षमा करण चौधरी सर्वसम्मत

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन भएका छन् । आज साँझ भएको छलफलपछि करण चौधरीको नाममा सहमति जुटेको हो ।

अध्यक्षका अर्का प्रत्यासी आकाश गोल्छाले चौधरीको नाममा सहमति जनाएका हुन् । गोल्छा अर्को कार्यकालका लागि अध्यक्ष बन्ने सहमति भएको बताइएको छ ।

अब सदस्यमा पनि सर्वसम्मतको प्रयास हुनेछ । सदस्यहरु सर्वसम्मत भएपछि सदस्यमध्येहरुबाट पदाधिकारी चयन गरिनेछ ।

नाडाको ४७ औं साधारणसभा आगामी पुस २० र २१ गते हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *