काठमाडौं । बीवाईडीको डल्फिनलाई ‘बेस्ट बाय कार अफ युरोप २०२४’ अवार्ड दिइएको छ। अस्ट्रियाको टिसडोर्फ सर्किटमा तीन बलियो प्रतिद्वन्द्वीहरूको बीचमा यसको गहन परीक्षण गरिएको थियो।
३१ युरोपियन देशका अटो क्षेत्रका ३१ पत्रकारहरु संल्गन जुरीबाट गरिएको भोटिंङमा बीवाईडीको डल्फिनले ‘बेस्ट बाय कार अफ युरोप २०२४’ अवार्ड पाएको हो। भोटिंङ गाडीको भित्री ठाउँ, कम्प्याक्ट आयाम, सुरक्षा, प्रविधि, उच्च स्तरको मानक सुविधाहरू र यसको मूल्य गुणस्तरमा आधारित थियो।
अटोवेष्टका जुरीले पहिलो पटक बिवाइडीको मोडललाई ‘वेष्ट वाई कार अफ युरोप २०२४ को अवार्ड दिएको हो।
आधिकारिक अटोबेष्ट “Best Buy Car of Europe 2024 अवार्ड” लाई यस वर्षको अन्तमा लक्जेम्बर्गमा हुने २३ औं अटोबेष्ट गालामा आधिकारिक रूपमा हस्तान्तरण गरिनेछ।




