सरकारी कोषमा रकम जम्मा छ, तर जनता भोकै छन् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकका लागि सरकारी कोषमा राहत तथा रकम जम्मा भए पनि पीडितहरूले अझै राहत पाउन नसकेको बताएका छन् ।

सोमबार पार्टी कार्यालयमा एमाले बागमती प्रदेश र राजधानी प्रदेशले संकलन गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले सरकारी कोषमा रकम तथा राहत जम्मा भए पनि बाढीपीडित नागरिक भोकभोकै बस्नुपर्ने अवस्था रहेको बताएका हुन् ।

एमालेले राहत सङ्कलन र वितरणमा सरकारको मात्र भर नपरी सबैसँग समन्वय गर्न चाहेको ओलीको भनाइ छ ।

‘केन्द्र सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन्, राहत पुग्न पाएको छैन’, ओलीले भने, ‘यो स्थितिलाई अन्त्य गरौँ भनेर प्रयास गरिरहेका छौँ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *