काठमाडौं। हिमालयन पावर पार्टनरले आजदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुलाएको छ। कम्पनीले हालको चुक्ता पुँजीको ५० प्रतिशत बराबर हकप्रद सेयर जारी गरेको हो।
१ कित्ता सेयर बराबर नयाँ ०.५ कित्ता (५० प्रतिशत) अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले चैत १० गते बुक क्लोज गरिसकेको छ। आवेदन अवधि जेठ ६ सम्म रहेको छ।
केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ दिएको छ, जसले कम्पनीमा मध्यम स्तरको वित्तीय जोखिम रहेको संकेत गर्छ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ।
हकप्रद सेयर निष्कासन तथा बाँडफाँटपछि १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।






