सेयर बजारमा हरियाली : नेप्से ३६.८६ अंकले बढ्दा ४ अर्ब माथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा हरियाली फर्किएको छ । आइतबार सर्किट ब्रेक भएर कारोबार बन्द भएको सेयर बजार सोमबार १५.४० अकंले घटेको थियो ।

मंगलबार नेप्से परिसूचक ३६.८६ अंकले बढेर १९८५.४४ बिन्दुमा पुगेको छ । सोमबार प्रोफिट बुक गर्न खोज्दा घटेको बजार आज बढेको हो ।

यस दिन कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ ।

२९७ कम्पनीको एक करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३० करोड ९० लाख १९ हजार रुपैयाँ कारोबारको कारोबार भएको छ । सोमबार ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार रुपैयाँको कारोबार भएको थियो ।

यस दिन १३ वटै सूचकमा हरियाली छाएको छ । यसदिन होटल एण्ड टुरिजम सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

मंगलबार २१४ कम्पनीको सेयर मूल्य बढ्यो भने २४ कम्पनीको घट्यो । आज ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *