काठमाडौं । भारतीय रियालिटी शो ‘इण्डियन आइडल’ मा चर्चामा रहेकी नेपालकी किशोरी मेनुका पौडेलले चर्चित भारतीय अभिनेता प्रभासको फिल्म ‘सालार’ मा गीत गाउने अवसर पाएकी छन् । उलने पार्श्व गायनमा अवसर पाएकी हुन् ।
आइतबार राति प्रसारण भएको इण्डियन आइडलको एपिसोडमा मेनुकाले सालारमा गीत गाउनेबारे जानकारी दिएकी हुन्। फिल्ममा उनले संगीतकार रवि बसरुरको संगीतमा स्वर भर्नेछिन्।
‘यो मेरो पहिलो टर्निङ प्वाइन्ट हो। जहाँ म पहिलो प्लेब्याक गायनका पहिलो गीत गाइरहेकी छु। मेरो तर्फबाट निकै राम्रोसँग गाउनेछु,’ उनले भनेकी छन्।
उक्त एपिसोडमा मेनुकाले सालारका लागि स्टुडियो पुगेर गीत गाउन लागेको भिडियो समेत देखाइएको छ। यो खबर सुनेपछी सबै जजहरुले उठेर सम्मान र खुसी व्यक्त गरेका थिए।
Artha Sanjal







