के तपाइको कम्मर दुख्छ ? नियमित गर्नुस् यी योगासन

काठमाडौँ । मानिसमा धेरै देखिने समस्यामध्ये कम्मर दुखाइ एक हो । हामीले केही योग आसनहरू गरेर यसलाई कम गर्न सक्छौँ । भुजङासन, सलभासन, मर्कटासनलगायत गरेर यसलाई कम गर्न सकिन्छ।

अनुलोम–विलोम, भस्त्रिकालगायत प्राणायाम गर्न सकिन्छ।

कुनै पनि आसन वा प्राणायाम गर्दा बलपूर्वक गर्न हुँदैन। जोडपूर्वक गर्न हुँदैन। सुरुमा बिस्तारै गर्नुपर्छ। योग्य प्रशिक्षकको निगरानीमा मात्र यी आसनको अभ्यास गर्नुपर्छ।

अप्रेसन गरेका बिरामीले डाक्टरको सल्लाह लिएर मात्रै यी आसनको अभ्यास गर्नुपर्ने हुन्छ।

योगले शारीरिक र मानसिक रूपमा धेरै फाइदा गर्छ। अस्थिर मनलाई स्थिर बनाउने, अज्ञानताबाट ज्ञानतर्फ तथा दुर्बलताबाट सबलतातर्फ लैजाने काम गर्छ।

कम्मर दुखाई मात्रै नभएर अन्य धेरै समस्या नियमित योगले हल गर्छ। पाचन प्रक्रियालाई सहज बनाउँछ। मानिसमा सकारात्मक सोचको विकास गर्छ। आध्यात्मिक जागरण ल्याउने काम गर्छ।

योग गर्दा शरीरमा पर्याप्त अक्सिजन आपूर्ति हुन्छ र रक्तसञ्चार राम्रो हुन्छ । शरीरलाई स्फूर्त बनाउने काम गर्छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *