नेपाल सरकारले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन दिन आह्वान गरेको छ । जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज एक सूचनामार्फत आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन दिन सूचित गरेको छ ।
अध्यक्ष डिल्लीबहादुर सिंहलगायतले तोकिएको काम नगरेको देखेपछि सरकारले छानविन समिति गठन गरी बर्खास्त गरेको थियो । विद्युत् तथा ऊर्जा क्षेत्रको काम कारवाहीको नियमनका लागि सरकारले आयोग स्थापना भएको हो ।
आयोगमा एक अध्यक्ष, तीन सदस्य एक महिलासहित रहने कानूनी प्रबन्ध छ । सूचनाअनुसार १५ दिनभित्र आवेदन बुजाउनुपर्नेछ । २०७५ को अनुसूची १ बमोजिम आवेदन बुजाउन आग्रह गरेको छ ।
आवेदन बुजाएका उम्मेदवारको कार्ययोजनाको मूल्याङ्कन छनोट भई सङ्क्षिप्त सूचीमा रहेका बढीमा पाँच उम्मेदवारलाई कार्ययोजन प्रस्तुतिका लागि इमेल वा एसएमएस वा टेलिफोनबाट जानकारि गरिने ऊर्जा मन्त्रालयले बताएको छ ।