कम्बोडियाबाट एकै वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाइएको खुलासा

काठमाडौं । एकै वर्षमा कम्बोडियाबाट ४ सय नेपालीको उद्धार गरिएको छ ।

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा मंगलबार भएको मानव बेचबिखनविरुद्धको एक कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी नकुल पोखरेलले एकै वर्षमा चार सय नेपालीको उद्धार गरिएको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३८२ पुरुष र १८ महिला गरी चार सय नेपाली नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएको हो । जबकि आर्थिक वर्ष २०८१/८२ मा भने १२ पुरुष र २ महिला गरी जम्मा १४ नेपाली नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा २, आर्थिक वर्ष २०७९/८० मा १ र आर्थिक वर्ष २०७८/७९ मा भने ५ जनालाई उद्धार गरिएको छ । मानव तस्करले विभिन्न प्रलोभन देखाएर उनीहरुलाई कम्बोडिया लगेर साइबर दासको रुपमा अवैध गतिविधिमा काम लगाउने गरेको प्रहरीले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *