आज सुनको मुल्य बढेको छ । आइतबार तोलाको १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार रुपैयाँ भएको छ ।
तेजाबी सुनको मुल्य तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार हुदै छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर तोलाको १४ सय २५ रुपैयाँ पुगेको छ ।