लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख भन्दा बढी संस्थापक शेयर विक्रीमा

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर विक्रीमा रहेको छ । उक्त संस्थापक शेयर कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको छ । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता  २५० तोकिएको छ ।

शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गरि यो शेयर खरिदको माग गर्न सकिन्छ। माग गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने छ ।

जसका लागि आगामी चैत १७ गते विहान १० बजे विक्री प्रबन्धकको कार्यालय नागपोखरीमा खोलिने कार्यक्रम तय भएको छ ।
कुमारी क्यापिटल लिमिटेड यसको विक्री प्रबन्धक रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *