सिवम् सिमेन्टस् लिमिटेडले आयोजना प्रभावित स्थानियमा बाँडफाँट गरेको शेयर समेत फागुन २२ गतेदेखि कारोबार योग्य भएको छ । स्थानियको शेयर बाँडफाँट भएको मितिले तीन वर्षसम्म लकइन पिरियडमा रहेन व्यवस्था पुरा गरी आइतवारदेखि सिवम् सिमेन्ट्को स्थानिय तर्फको शेयर समेत सर्वसाधारण सरह कारोबारयोग्य बनेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र मकवानपुर जिल्लाका स्थानियलाई प्रिमियम मूल्य सहित प्रतिकित्ता रू २०० का ७ लाख ८५ हजार ३०५ कित्ता शेयर बाँडफाँट गरिको थियो । स्थानियमा वितरण हुन नसकेको ९४ हजार ६९५ कित्ता शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणमा ४४ लाख ३४ हजार ६९५ कित्ता शेयर २०७५ साल फागुन २२ गते बाँडफाँट गरेको थियो ।
कम्पनीको ४ करोड ४० लाख कित्ता शेयर सूचीकृत रहेको छ । स्थानियको शेयर कारोबारयोग्य भएसँगै आइतवार कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भैरहेको छ । कम्पनीको रू। ११ करोड २० लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ ।