शेयर बजारमा २५.८१ अंकको गिरावट, ४ अर्ब ९८ करोडको कारोबार

काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ को विन्दुमा बन्द भएको छ।

आज ३५१ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड माथिको शेयर कारोबार भएको छ । आज ३० कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पाल्पा सिमेन्टको २० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको १८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १३.८१ प्रतिशतका दरले कमाएका हुन् । नेपाल लाइफ समृद्धि योजनाका इकाईधनीले ३.८७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ११ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *