एलजी, टिसिएल र गोजरेजको चाडपर्व अफर : ४४ हजार छुटदेखि हात खाली नजाने उपहारसम्म, क्यास ब्याक पनि पाइने

काठमाडौँ । नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्समार्फत बिक्री वितरण हुने एलजी, टिसिएल र गोजरेजले चाडपर्व लक्षित बम्पर उपहार योजना सञ्चालनमा ल्याएको छ । यी ३ वटै ब्राण्डले ग्राहकलाई खुशी पार्नेगरी आकर्षण योजना ल्याएका हुन् ।

एलजीको सामान खरिदमा आकर्षक क्यास ब्याक र ग्यारेन्टी उपहारहरू

नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्राण्ड एलजीले दसैँ र तिहारका लागि आफ्नो नयाँ अभियान ‘शुभसाईत दसैँ तिहार घर भित्रिन्छन् नगद र उपहार’योजना ल्याएको छ । यो अभियानले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यास ब्याक र ग्यारेन्टी उपहारहरू प्रदान गर्दछ ।

यस योजनाअन्तर्गत, एलजीको लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरनेन्मेन्ट र विभिन्न उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको छ । साथै, ग्राहकहरूले एलजीका सबै उत्पादनहरूमा विशेष मूल्यमा बिनालागत ईएमआई प्राप्त गर्न सक्छन् ।

त्यसैगरी, ग्राहकहरूले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्त होटेलमा २५ प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्नेछन् ।

साथै यस अवधिभित्र एलजीको टिभी खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेन्टी समेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ ।

 

 

टिसिएलको टेलिभिजनको खरिदमा ४४ हजारसम्म छुट

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैँ, तिहार तथा छठलाई लक्षित गरेर ‘सेलिब्रेट ग्रेटनेस’ योजना सञ्चालनमा ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ भदौ २६ गतेदेखि छठ पर्वसम्म लिन सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले ‘सेलिब्रेट ग्रेटनेस’ योजना अन्तर्गत टिसिएलको कुनै पनि टेलिभिजनको खरिदमा ४४,७०० रुपैयाँ सम्मको आकर्षक छुट पाउन सक्नेछन् । त्यस्तै वाशिङ मेसिन खरिदमा १४,४०० सम्मको छुटका साथै ६ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै, ग्राहकहरुले टिसिएलको सम्पूर्ण क्याटागोरीको एयर कन्डिसनरको खरिदमा ५६,८०० सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्नुका साथै ४ रुपैयाँ बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्ने कम्पनीले जनाएको छ । र ग्राहकहरुले टिसिएलको साइड बाइ साइड रेफ्रिजरेटरको खरिदमा ३१,८०० रुपैयाँ सम्मको आकर्षक क्यासब्याक पाउनुका साथै सिजि इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्ने सक्ने छन् । कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ।

त्यसै गरि शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले “सिजि लोयल्टी क्लब”को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५% सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । यी सुबिधाका लागि ग्राहकहरुले सिजीकाे वेबसाइटमा गएर आफ्नो विवरण दर्ता गर्न सक्ने जनाएको छ ।

‘गज्जबको गोदरेज, कमालको अफर’

भारतका चर्चित होम अप्लाइन्स गोदरेजले यसपालिको दशैँ, तिहार तथा छठलाई लक्षित गर्दै गोदरेजको ‘गज्जबको गोदरेज, कमालको अफर’ नामक योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले गोदरेजका विभिन्न होम एप्लाइन्सको खरिदमा आकर्षक क्यासब्याक विशेष उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले यो योजनाको लाभ भदै २६ देखि नेपालभर सीमित अवधिका लागि उठाउन सक्नेछन् ।

यस कमालको अफरमा ग्राहकले कुनैपनि गोदरेजको सामानको खरिदमा २५ प्रतिशतसम्मका अधिकतम छुट र अन्य आकर्षक उपहार पाउन सक्ने बताइएको छ । फ्रन्टलोड वाशिङ मेसिनको खरिदमा ६ केजी एरियल म्याटिक वाशिङ पाउडर तथा टप लोड वाशिङ मेसिन र सेमी अटोमेटिक वाशिङ मेसिनको खरिदमा ३ लिटर एरियल म्याटिक वाशिङ लिक्विड प्राप्त गर्न सक्ने बताइएको छ ।

त्यसैगरी ग्राहकहरुले गोदरेजको साइड बाइ साइड रेफ्रिजरेटर खरिद गर्दा सिजिको इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्न सक्नेछन भने सिंगल तथा डबल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् । गोदरेजको चेस्ट फ्रिजरको खरिदमा समेत आकर्षक क्यासब्याकको व्यवस्था रहेको बताइएको छ । त्यसैगरी माईक्रोवेभ ओवनमा भने अति उपयोगी कुकिङ्ग किट पाउन सकिनेछ ।

एयर कण्डिसनर खरिद गर्ने उपभोक्ताका लागि कम्पनीले सित्तैमा जडान गरिदिने भएको छ । यसका साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ ।

यी तीन वटै ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु ,नयाँ बजार र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *