यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो टनेल गोलभेडा २८ रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ४८ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ४८ रुपैयाँ, आलु रातो (मुडे) ४८ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ९३ रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ र तराई गाजर ७० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) २५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २५ रुपैयाँ, लाम्चो भन्टा १० रुपैयाँ, डल्लो भन्टा ३० रुपैयाँ, तने बोडी ४० रुपैयाँ, मकै बोडी ८० रुपैयाँ तथा घिउ सिमी (लोकल र हाइब्रिड) प्रतिकेजी ८० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी ५० रुपैयाँ, भटमासकोसा १२० रुपैयाँ, तितो करेला ३० रुपैयाँ, लौका ४० रुपैयाँ, परवर (लोकल) ६० रुपैयाँ, घिरौला १० रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ, हरियो फर्सी (डल्लो) ३० रुपैयाँ, भिण्डी ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग ४० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज १०० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ४०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३५० रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन २५० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १८० रुपैयाँ, कागती प्रतिकिलो ३५० रुपैयाँ, अनार २५० रुपैयाँ र तरबुजा (हरियो) ५० रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *