सुनको मूल्यले राख्यो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज फेरि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ र तेजाबी प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो । आज सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले बढेको छ।

हिजो सुनको भाउ मूल्यमा ५०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाला सुन १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *