काठमाडौं । वाणिज्य बैंकहरुले दुई महिनाको अवधिमा साढे १६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरुले १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्
सबैभन्दा बढी नाफा कमाउने को शीर्ष स्थानमा ग्लोबल आइएमई बैंक परेको छ । ग्लोबल आईएमई बैंकले भदौ मसान्तसम्म १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सर्वाधिक नाफा कमौनेको दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । नबिलले १ अर्ब ५६ करोड ४५ लाख नाफा कमाएको छ । तेरो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने चौथो र पाँचौँ स्थानमा रहेको हिमालयन बैंक र कुमारी बैंक बैंकले क्रमश १ अर्ब २३ करोड २४ लाख र १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएका हुन्।
त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले ८७ करोड, प्राइम कमर्शियल बैंकले ८३ करोड, लक्ष्मी सनराईज बैंकले ८१ करोड, एनआइसी एसिया बैंकले ८० करोड, एनएमबी बैंकले ७६ करोड, एभरेष्ट बैंकले ७१ करोड र नेपाल बैंकले ७० करोड रुपैयाँ खुद नाफा गरेका छन्।
प्रभु बैंकले ६६ करोड, कृषि विकास बैंकले ६१ करोड, सिद्धार्थ बैंकले ५८ करोड र सानिमा बैंकले ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४८ करोड, सिटिजन्स बैंकले ४४ करोड, माछापुच्छ्रे बैंले ३७ करोड र नेपाल एसबिआइ बैंकले २७ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।