सर्वोत्तम सिमेन्टले पायो ‘बुक बिल्डिङ’ विधिबाट आईपीओ निष्काशन गर्ने अनुमति

काठमाडौं । सर्वोत्तम सिमेन्टलाई ‘बुक बिल्डिङ’ विधिबाट आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले असोज २९ गते कम्पनीलाई बुक बिल्डिङ प्रक्रियाबाट मूल्य तय गरेर आइपिओ बिक्री गर्न अनुमति दिएको हो ।

बोर्डले कम्पनीलाई बुक बिल्डिङ विधिबाट पहिलो चरणमा २४ लाख कित्ता सेयर निष्काशन अनुमति दिएको हो । सर्वोत्तम सिमेन्टले पहिलो चरणमा २४ लाख कित्ता सेयर निष्काशन गर्नेछ। कुल ६० लाख कित्ता प्राथमिक सेयर प्रिमियममा निष्काशन गर्ने योजनामा हो । जसमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याएको छ। बाँकी ६० प्रतिशत सर्वसाधारणलाई दोस्रो चरणमा बिक्री हुनेछ।

पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि कम्पनीले आधारमूल्य ५ सय १ रुपैयाँ तय गरी २० प्रतिशत थपघट गरेर माथिल्लो मूल्य ६ सय १ रुपैयाँ र तल्लो मूल्य ४ सय १ रुपैयाँअनुसार आईपीओ बिक्री गर्न अनुमति पाएको छ । कम्पनीले दोस्रो चरणमा पब्लिकका लागि १० प्रतिशत डिस्काउन्ट मूल्यमा आइपीओ बिक्री गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *