कर्णाली प्रदेश प्रहरी प्रमुख ढकाललाई उत्कृष्ट सृजनशील कार्य पुरस्कार

काठमाडौं । कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भिम प्रसाद ढकाललाई उत्कृष्ट सृजनशील कार्य पुरस्कारबाट पुरस्कृत भएका छन् ।

ढकाललाई नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन (Police Baton) मा नेपाल प्रहरी प्रधान कार्यालयले गरेको देशभरीको मुल्याङ्कनबाट उत्कृष्ट सृजनशील कार्य पुरस्कार प्रदान गरेको हो ।

आज ६८ औँ स्थापना दिवसको अवसरमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पुरस्कार प्रदान गरेका हुन् । ढकालकाे नेतृत्वमा कर्णालीमा विभिन्न खालका अभियानहरू सञ्चालन भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *