विदेशी मुद्रा सञ्चिति ३.९ प्रतिशतले बढ्यो

काठमाडौँ । मुलुकको विदेशी मुद्रा सञ्चिति करिब १६ खर्ब रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार भदौ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ बराबर पुगेको हो । २ महिनाको अवधिमा कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले वृद्धि भएको हो ।

२०८० असार मसान्तसम्म यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० भदौ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १४ खर्ब ६ अर्ब ५२ करोड रुपैयाँ बराबर छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ९२ अर्ब ३८ करोड रुपैयाँ बराबर छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *