घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य एकैपटक प्रतिलिटर ११ रुपैयाँले घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो ।

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *