गरिमा विकास बैंकको ‘२० प्रतिशत नगद फिर्ता’ योजना सार्वजनिक

काठमाडौं । आउँदै गरेको नेपालीहरुको चाड बडा दशैंलाई लक्षित गरि गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुका लागि ‘२० प्रतिशत नगद फिर्ता’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम रु २०० नगद फिर्ता पाइने छ ।

नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोज २०८० देखि ७ कार्तिक २०८० सम्म रहने बैंकले जनाएको छ । साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको दशैँ किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ ।

हाल गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *