काठमाडौं । कोशी सरकार गठनमा पक्षधरता देखाएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना सुरु भएको छ । कोशी सरकार गठनमा नेपाली कांग्रेसका शेखर कोइराला पक्षका केदार कार्कीले उम्मेदवारी दिएपछि त्यसलाई रोक्नका लागि राष्ट्रपति पौडेलले फोन गरेपछि आलोचना सुरु भएको हो ।
सोही सन्दर्भलाई लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि राष्ट्रपति पौडेलको उक्त कार्यको आलोचना गरेका छन । उनले सोही बिषयलाई लिएर राष्ट्रपति पौडेलले राजिनामा दिनु पर्नेसमेत माग गरेका छन् ।
‘कोसी प्रदेशमा मुख्यमन्त्री छान्ने प्रक्रियामा गठवन्धनको पक्षमा राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुनसक्दैन भन्ने फेरि प्रमाणित भएको छ। ’
‘पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिकता छैन, तत्काल राजीनामा दिन रामचन्द्र पौडेललाई आग्रह गर्दछु ।’ अध्यक्ष थापाले भनेका छन ।






