इजरायलमा रहेका नेपाली विद्यार्थीहरुकाे उद्धारका लागि आज राति जहाज पठाइँदै

काठमाडाैं । इजरायल र प्यालेस्टाइनकाे युद्वका कारण नेपाल फर्कन चाहने नेपाली विद्यार्थीलाई लिन आज राति काठमाडाै‌बाट जहाज जाने भएकाे छ ।

राति ११ बजे नेपालबाट उडेकाे जहाज दुबई ट्रान्जिट हुँदै इजरायल पुगेर नेपाली विद्यार्थीहरु लिएर आउने परराष्ट्र मन्त्रालयले जनाएकाे छ । सरकारकासँग इजरायलमा रहेका नेपालीहरुले छिटाे उद्धार गरिदिन गुहार मागेका थिए ।

अन्य देशका नागरिकहरु स्वदेश पुगिसके पनि नेपालीहरुकाे उद्धार हुन ढिलाई भइरहेकाे थियाे । सरकारले आज राति नेपाली विद्यार्थी नेपाल ल्याउन जहाज पठाउने भएकाे हाे ।

याे पनि पढ्नुहाेस्

तत्काल स्वदेश फर्काउन इजरायलमा रहेका विद्यार्थीको आग्रह
इजरायलमा खाना खाँदैछु भनेका विपीन त्यसपछि सम्पर्कमै आएनन्
के इजरायलमा हमासको आक्रमण इरानसँग जोडिएको छ?
इजरायलमाथिको आक्रमणबाट हमासले के पायो, अब अगाडि बढ्ने बाटो के छ ?
इजरायलमा ज्यान गुमाएका नागरिकको शव तत्काल ल्याउन सरकारलाई निर्देशन
इजरायलबाट फर्किन २ सय नेपालीले दिए निवेदन, उद्धारका लागि निगम र हिमालयको जहाज पठाइने
प्यालेस्टाइनको हमास समूहको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाटा इजरायल गएका १० जना विद्यार्थीको निधन भएको छ । एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीहरू दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए । यही असोज २० गते प्यालेस्टाइनको हमास लडाकु समूहले उक्त स्थानमा आक्रमण गर्दा उनीहरुको निधन भएको हो ।

प्यालेस्टिनी हमास समूहको आक्रमणपछि युद्धग्रस्त बनेको इजरायलबाट दुई सय नेपाली स्वदेश फर्किन चाहेकाे दूतावासले जनाएकाे थियाे । उक्त संख्या अझै बढ्न सक्नेछ ।

इजरायलमा श्रम, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि पुगेका करिब पाँच हजार नेपाली छन् । शनिबार साँझ हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि त्रसित अन्य विद्यार्थीलगायत नेपालीले स्वदेश फर्किने इच्छा जनाएका हुन्  ।

दूतावासले नेपाल सरकार र इजरायल सरकारसँग समन्वय गरी विवरण संकलनका लागि आइतबार रातिदेखि अनलाइन रजिस्ट्रेसन सुरु गरेको थियो । सोमबार साँझ दूतावासले जारी गरेको विज्ञप्तिअनुसार हाल युद्ध भइरहेको इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरूलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली संघ–संस्थाको सहयोगमा उद्धार गरिएर सुरक्षित स्थानमा राखिएकाे छ ।

सरकारले स्वदेश आउन चाहेका नागरिकको उद्धारका लागि नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सको विमान चार्टर गर्ने निर्णय गरेको थियाे । सोमबारको मन्त्रिपरिषद् बैठकले इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि नियुक्ति गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय समेत गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *