कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानमाथि यौन दुर्व्यवहारको मुद्दा

काठमाडौं । नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानमाथि यौन दुर्व्यवहार को मुद्दा परेको छ । केहि समय अघि प्रधानमाथि यौन शोषणको गम्भीर आरोप लगाएकी एक पीडित महिलाले भदौ २४ गते काठमाडौं अदालतमा मुद्दा दर्ता गरेकी हुन् ।

लामो समयदेखि अनेकन् प्रलोभन देखाएर आफूमाथि कृष्णमानले यौन शोषण गरेको बयान दिएकी पीडित महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएकी हुन् ।

पीडित महिलाले यौनशोषणसँगै कृष्णमानले नानाथरीका गालीगलौज गर्ने, बेस्याको रुपमा व्यवहार गर्ने, पालग, हैसियत नभएको आईमाई, बेवारीसे आईमाई भन्दै शरीर बेचेर खाने आईमाई, सडकछाप आईमाई भन्ने वर्डहरू सहन नसकेर उनीविरुद्ध ६/७ हप्ता अगाडि महिला सेलमा उजुरी दिएको बताएकी थिइन् ।

यसअिघ लामो समय आफू यौन शोषणमा पर्दा पनि पुरुषप्रधान देशमा गल्ती नहुँदा पनि महिलामाथि नै समाज खनिने डरले आफू चुप बसेको पीडित महिलाले बयान दिएकी थिइन् ।

पीडित महिलको बयानसहितको विशेष सामाग्री एक संचारमाध्यमबाट सार्वजानिक भएपछि सोहि दिन दिन अर्थात् भदौ १९ गते मंगलबार राति कृष्णमान माल्दिभ्स उडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *