काठमाडौं । आज शेयर बजार बढेको छ । नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ को विन्दुमा बन्द भएको छ ।
आज ३३९ कम्पनीको १ करोड ३६ लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड माथिको शेयर कारोबार भएको छ । आज १७७ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । यो दिन १६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ३३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको २३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस लघुवित्तका लगानकिर्ताले १२.४३ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.४४ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन हाइड्रोका लगानकिर्ताले ५.५१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले २.९७ प्रतिशतका दरले गुमाएका हुन् ।



















