आरएसडिसी लघुवित्तद्वारा लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको असोज १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ८.६० प्रतिशत बोनस सेयर र ०.४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल यस यस लघुवित्तको चुक्तापुँजी ८३ करोड ९५ लाख रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *