पाँच सय जरिवाना तिरेर छुटे आचार्य श्रीनिवास

काठमाडौं । धार्मिक दंगा फैल्याउन मद्दत गरेकाे आराेपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवास पाँच सय रुपैयाँ जरिवना तिरेर रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालय धनुषाले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पाँच सय रुपैयाँ जरिवाना तिराएर रिहा गरेको हो। प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेका अनुसार श्रीनिवासले आफूले उत्तेजक अभिव्यक्ति दिएर गल्ती गरेको स्वीकार गरेपछि ५०० रुपैयाँ जरिवाना तिराएर छाडिएको हो। असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको एक कार्यक्रममा ‘उत्तेजक अभिव्यक्ति’आराेप छ।

मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो। बुधबार जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसूर अभियोग दर्ता भएपछि जनकपुरधाम ल्याइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *