काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले, विकासका लागि स्थिर नीति आवश्यक रहेको बताएका छन् ।
नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच राष्ट्रव्यापी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रमको सुभारम्भ कार्यक्रममा उनले अर्थतन्त्रको प्रक्रिया रहेका दुविधाहरु वित्तिय साक्षरता कार्यक्रममार्फत हटाउँनु पर्ने बताए । उनले भने ‘नेपालमा विकास चहान्छौ भने स्थिर नीति हुनु आवश्यक हुन्छ । ’ उनले अबको दिनहरु, भाषणमा मात्रै सिमित नरहने भन्दै अबका दिनलाई उपलब्धिपूर्ण बनाउने गरी काम गर्ने बताए ।
उनले भने ‘अगामी दिनका कार्यक्रमहरु पुराना दिनका जस्तो कार्यक्रममा सिमित रहदैँनन् । अब भाषण गर्ने हिन्ने गरेर २० प्रतिशतबाट २१ प्रतिशत हुदैँन् । आज सहमती भएको कार्यक्रमबाट भने हुन्छ । यसमा हामी एक दिन पनि खेर जना दिदैँनौ । यसबाट हामीलाई विश्वास छ । हामी ७७ वटै जिल्लामा उद्योग वाणिज्य महासंघको शक्तिलाई प्रयोग गरेर धितोपत्र बोर्डमा रहेको ज्ञान र विज्ञताको प्रयोग गरेर सहमतीमा प्रभावकारी योजना बनाएर अगाडि बढ्ने छौ ।’ उनले अब साधारण सभाबाटै कम्पनी उकास्ने अभियानमा जाने उनको दाबी छ ।
‘राइट सेयर भनेको सेयर होल्डरहरुको नैसर्गिक अधिकार हो । हाम्रा कम्पनी अप्ठेरोमा छन् । अब हामी यी कम्पनीलाई उकास्छौँ । ७५% भन्दा बढी मानिसले साधारण सभाबाट हामीले पैसा राखेर कम्पनीलाई उकास्छौँ भनेका छन् । सबैको अधिकार हो कम्पनी उकास्नु । ’ उनले भने ।




