कारोबारको पहिलो दिन मै सन नेपाल लाइफको ३ लाख कित्ता किनबेच

काठमाडौं । काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार उच्च अंकले बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ को बिन्दुमा रोकिएको छ । सेन्सेटिभ परिसूचक पनि ७.५५ अंकले बढेर ३८८.७२ बिन्दुमा उक्लिएको छ ।

कारोबारमा आएको पहिलो दिन नै सन नेपाल लाइफको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । आज कम्पनीको ४ लाख ३१ हजार ८५० कित्ता सेयर किनबेच हुदाँ २० अर्ब १८ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।

कम्पनीको सेयर मूल्य ५ रुपैयाँ २० पैसाले घटेर प्रतिकित्ता ४७० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *