काठमाडौं । अभियान लघुवित्तको वार्षिक साधारण सभा आज बस्दैछ । सभा ताम्राकार पार्टी भेन्यु, पनौती न.पा वडा –४, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ ।
त्यस्तै , अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा रहेको छ । तर सभामा लाभांश प्रस्तावको कुनै एजेन्डा छैन ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते नै बुक क्लोज गरिसकेले जेठ २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन पाउनेछन्।







