सेयर धितो कर्जामा सीमा हट्ने समाचारले लगानीकर्ता उत्साहित, भारी अंकले बढ्यो नेप्से

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने भएपछि सेयर बजारका लगानीकर्ता उत्साहित भएका छन् । निरन्तरजसो घटिरहेको बजारमा आज उच्च अंकको वृद्धि भएको छ भने कारोबार रकम समेत बढेको छ ।

मंगलबार बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलमा गभर्नर महाप्रसाद अधिकराीले १२ करोडको सीमा हटाउने बताएका थिए ।

सेयर लगानीकर्ताले व्यक्तिगत रुपमा १२ करोडको सीमा पर्याप्त रहेपनि सेयर बजारमा लगानी गर्ने उदेश्यले आएका कम्पनीमा उक्त सीमा व्यवहारिक नभएको बताउँदै आएका थिए । सबै क्षेत्रबाट आलोचनको विषय भएपछि १२ करोडको सीमा हटाउन तयारीसँगै सेयर बजारमा हरियाली छाएको हो ।

यस दिन सेयर बजार मापक नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ को बिन्दुमा रोकिएको छ । सेन्सेटिभ परिसूचक पनि ७.५५ अंकले बढेर ३८८.७२ बिन्दुमा उक्लिएको छ ।

कारोबार अवधिभर २७८ कम्पनीको ११ लाख २६ हजार ३०९ कित्ता सेयर ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ । नेप्से बढे पनि कारोबार रकम पनि बढेकाे छ ।

यस दिन १३ उपसूचकमध्ये अन्य सबै सूचकमा हरियाली छाएको छ । कारोबार भएका मध्ये २१७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्य घटेको छ ।

बिहिबार ११ कम्पनीको सेयर सर्किट लागेको छ । आज नेशनल हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, हिमाल दोलाखा हाइड्रोपावर, मन्दाकीनि हाइड्रोपावर, थ्री स्टार हाइड्रोपापर सहित ११ कम्पनीको सेयरमा सर्किट लागेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २० करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १३ करोड ९६ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको १० करोड ५२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ९ करोड ५६ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ९ करोड ५१ लाख रुपैयाँ, सोल्टीको होटेलको ७ करोड ४७ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ६ करोड ८२ लाख रुपैयाँ, घोराही सिमेन्टको ६ करोड ४७ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड ८४ लाख रुपैयाँ र अपी पावरको ५ करोड १८ लाख रुपैयाँ बढीको र्वाधिक कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *