ललितपुर उद्योग वाणिज्य संघकाे नेतृत्वमा विश्वराज बज्राचार्यकाे दाबी

ललितपुर । असाेज १९ र २० गते हुने ललितपुर उद्योग वाणिज्य संघकाे चुनावमा प्यानलसहित विश्वराज बज्राचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन् । ललितपुरका आज एक कार्यक्रम गर्दै बज्राचार्यले अबकाे तीन वर्ष ललितपुर उद्योग वाणिज्य संघकाे नेतृत्व लिन तयार रहेकाे बताएका हुन् ।

ललितपुर उद्याेग वाणिज्य संघमा बज्राचार्यसहित अन्य तीनजनाले अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा चलेकाे छ । रूपकमान महर्जनले पनि अर्काे समूह बनाएर उद्याेग वाणिज्य संघकाे अध्यक्ष पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन् । त्यस्तै ललितपुर उद्याेग वाणिज्य संघमा स्वतन्त्र अध्यक्षकाे उम्मेदवारी रवीन्द्रराज ताम्राकारले पनि दिएका छन् । उनकाे भने प्यानल रहेकाे छैन ।

बज्राचार्यकाे प्यानलमा बीरेन्द्रलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पदकाे प्रत्यासी रहेका छन् भने मकुन्द महर्जन, आपुलाल अवाले,राकेशभक्त मुल्मी पनि उपाध्यक्ष पदका प्त्यासी रहेका छन् । त्यस्तै भूमिनन्दन कर्माचार्य महासचिव पदका प्रत्यासी उम्मेदवार रहेका छन् भने मिलन शाक्य काेषाध्यक्षका प्रत्यासी उम्मेदवार रहेका छन् ।

त्यस्तै बज्राचार्यकाे प्यानलबाट उद्याेग समूहकाे कार्यसमिति सदस्यहरुमा सजना श्रेष्ठ, सुविनमान जाेशी, प्रविन बज्राचार्य, प्रविन ताम्राकार,विष्णुलाल सिकर्मी, शैशवकृष्ण श्रेष्ठलगायत अन्य नाै जना उम्मेदवारका प्रत्यासी रहेका छन् । लगभग १६ सय मतदाताबाट यस वर्ष ४४ औ साधारणसभामार्फत ललितपुर उद्योग संघमा अध्यक्षकाे जिम्मेवारी फेरिँदै छ । उम्मेदारी घाेषणा गर्दै अध्यक्षका प्रत्यार्थी बज्राचार्यले व्यवसायिक हक हितकाे लागि स्थानीय, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर काम गर्ने बताए ।

ललितपुर उद्योग वाणिज्य संघमा अहिले मनोजबहादुर न्याछ्यों अध्यक्ष रहेका छन् । बज्राचार्य भने वरिष्ठ उपाध्यक्ष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *